दोस्रो अन्तरपालिका फुटबलको खेल तालिका सार्वजनिक

हेटौंडा, जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजनामा आगामी चैत ४ गतेदेखि हेटौंडामा हुने मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

ADVERTISEMENT

जिसस मकवानपुरको आयोजना एवम् जिल्ला खेलकुद विकास समितको व्यवस्थापनमा हुने प्रतियोगिताको खेल तालिका आइतबार सार्वजनिक गरिएको हो । हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा चैत ४ गते शनिबार कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । आइतबार हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबीच र राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको सेमिफाइनल खेल चैत ८ गते र चैत ९ गते हुनेछ भने फाइनल खेल चैत ११ गते हुनेछ । प्रतियोगितामा निशुल्क प्रवेश गराइने जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । पहिलो संस्करणको अन्तरपालिका पुरुष फुटबलको उपाधि थाहा नगरपालिकाले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *