बागमती प्रदेशमा २२ प्रतिशत रोपाइँ सम्पन्न

हेटौंडा, बागमती प्रदेशमा हालसम्म २२ प्रतिशत रोपाइँ भएको छ । प्रदेशका १३ जिल्लमा गरी हालसम्म २२ प्रतिशत धान रोपाइँ सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौँडाले जनाएको छ ।

ADVERTISEMENT

प्रदेशको चितवनमा २० प्रतिशत, मकवानपुरमा १५, धादिंगमा १७, काभ्रेमामा ३५, सिन्धुपाल्चोकमा ३२ प्रतिशत धान रोपाइँ भएको छ भने अन्य जिल्लामा पनि निकै कम मात्रामा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौँडाका प्रमुख तेज प्रसाद दवाडीले बताए ।

भौगोलिक विकटता र सिँचाइको अभाव रहेका जिल्लामा पर्याप्त मात्रामा पानी नपरेकाले यसपालि धानखेति हुन नसकेको उनको भनाई छ । प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भर पर्नुपर्ने, खोलाको मूलबाट सिचाई गर्नुपर्ने भएकाले धान रोपाइँमा समस्या रहेको उनले बताए ।

उनका अनुसार प्रदेशको १३ जिल्लामा कूल एक लाख २० हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya