हेटौंडा, काठमाण्डौंमा हुने बागमती प्रदेश स्तरीय १३ औं राष्ट्रपती रनि· शिल्डमा सहभागि हुने मकवानपुरे खेलाडीको शनिवार बिदाई गरीएको छ । जिल्ला स्तरीय प्रतियोगिताबाट छनौंटमा परेका विभिन्न ६ खेलमा आवद्ध खेलाडी तथा अफिसीएल टोलीलाई हेटौंडामा औपचारीक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले शुभकामना दिर्दै बिदाई गरेका हुन् ।
जिल्ला खेलकुद बिकास समिति मकवानपुरको परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख लामाले जिल्लामा बढि मात्रामा पदक ल्याउने मनसायका साथ मैदानमा उत्रन खेलाडीहरुलाई आग्रह गरीन् । खेलमा हार जित स्वभाबिक हो, तर आफ्नो आत्मबल बलियो बनाएर मैदानमा उत्रिए सफलता सम्भब भएको उनको भनाई थियो । गएको बर्षको तुलनामा खेलाडीहरुले राम्रो प्रदर्शन दिन आवश्यक रहेको भन्दै नगर प्रमुख लामाले आफ्नो कम्जोरी भन्दा पनि प्रतिश्पर्धिको कम्जोरी नियाल्न सके उपाधि आफ्नो बनाउन सकिने बताइन् ।
कार्यक्रममा उप प्रमुख बानियाँले जिल्लाको नामलाई अव्वल साबित गर्न आग्रह गरे । उनले प्रशिक्षकको ज्ञान र आफ्नो आत्मबललाई दरिलो साथ मैदानमा देखाउन सके उपाधि आफ्नो हुने बताए । उनले गत बर्षको तुलनामा सुधारीएको प्रदर्शन गर्न खेलाडिहरुलाई आग्रह गरे । काठमाण्डौंमा हुने १३ औं राष्ट्रपती कपमा मकवानपुरबाट सहभागिता जनाउने एथ्लेटिक्स, भलिवल, कवडी, तेक्वान्दो, कराँते, उसुका कोच म्यानेजर र खेलाडी गरी ९० जनाको टोलीको बिदाई गरीएको हो । प्रतियोगितामा सहभागि हुने मकवानपुरका खेलाडीहरुलाई जिल्ला खेलकुद बिकास समितिले ६४ जना खेलाडिलाई ५ दिन बन्द प्रशिक्षणमा राखेको थियो । गत बर्ष मकवानपुरले ६ खेलमा ५ स्वर्ण हात पारेको थियो ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गिको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा प्रदेश खेलकुद बिकास परिषद्का सदस्य माधब तिमल्सिना, हेटौंडा उवमहानगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहि जिल्लाका बिभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।






