२८ जनाले गरे हेटौंडामा रक्तदान

हेटौंडा/डिष्ट्रिक्ट ३२५ एस नेपाल एरिया २ को आयोजनामा हेटौंडामा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । शुक्रबार हेटौंडामा भएको कार्यक्रममा एरिया चिफ विकेश लाल श्रेष्ठको अध्यक्षता तथा डिष्ट्रिक्ट ३२५ एस नेपालका सेकेन्ड भिडिजी एमजेएफ टासी डोल्मा तुम्बाहाम्फेको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

महामारीको रुपमा फैलिरहेको डेङ्गु रोगका कारण हेटौडामा अहिले रगतको अभाव भएको रक्त संचार हेटौडाद्वारा जानकारी प्राप्त भए संगै यस अभावलाई सहज बनाउनको निमित्त लायन्स क्लब डिष्ट्रक्ट ३२५ एस अन्तर्गत रहेको एरिया –२ (मकवानपुर जिल्लामा रहेको सम्पुर्ण लायन्स तथा लियो क्लब) को संयुक्त आयोजनामा गरिएको एरिया चिफ विकेश लाल श्रेष्ठले बताए । कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा पुर्व गभर्नर एमजेएफ शम्भु नकर्मी, रिजन तथा जोन चेयरपर्शनहरु लगायत विभिन्न क्लबका अध्यक्षहरुको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रक्तसंचार केन्द्र हेटौडाले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *