‘सहकारीले उत्पादन र रोजगारीमा जोड दिनुपर्छ’

सुजन ढकाल

ADVERTISEMENT

हेटौंडा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले सहकारीहरुले उत्पादनसंगै रोजगारी सृजनामा जोड दिनुपर्ने बताएका छन् । आइतबारबाट हेटौंडामा सुरु भएको ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम उद्घाटन गर्दै घलानले सहकारीले उत्पादनको क्षेत्र र रोजगारी सिर्जनामा काम गर्नु पर्ने बताएका हुन् ।देशको अर्थतन्त्रको एउटा खम्बा रहेकोसमेत बताए ।

देशको अर्थतन्त्रमा सहकारीहरुको महत्त्वपूर्ण योगदान रहेको उनको भनाई छ । प्रमुख घलानले सञ्चालक समिति र कर्मचारी बीच सुमधुर सम्बन्ध भएमात्र सहकारीले सोचे अनुसारको काम गर्न सक्ने बताए । तालिमले वर्तमान समयमा सहकारी संस्था माथि आईपरेका समस्या समाधान गर्नमा मद्दत पुग्ने उनको भनाइ रहेको थियो ।

मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको सहयोगमा सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुलाई सहकारीका विभिन्न विषयहरुमा जानकारी दिने उद्देश्यका साथ ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम सुुरु भएको हो ।

मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उदघाट्न कार्यक्रममा हेटौडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, राष्ट्रिय सहकारी बैंक हेटौडाका प्रमुख रामेश्वर अर्याल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि कँडेल, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष बद्रीप्रसाद लम्साल लगायतको आतिथ्यता रहेको थियो ।

६ दिने तालिममा रामेश्वर अर्याल, भीम परियार, कल्पना श्रेष्ठ, विष्णुमाया लामा, बद्री प्रसाद लम्साल, विरेन्द्रप्रसाद ढुङगाना, गोविन्द दाहाल, शर्मिला डङ्गोल, सीताराम दाहाललगायतकाले तालिम सहजीकरण गर्नु हुनेछ । तालिममा विभिन्न बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति र कर्मचारी समेत गरि ३० जनाको सहभागिता रहेको छ । तालिम बैशाख २२ गते सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *