हेटौंडाको संशोधित बजेट ३ अर्व ५ करोड स्विकृत

हेटौंडा/चालु आर्थिक बर्षका लागि स्विकृत भएको हेटौंडा उपमहानगरपालिकाका बजेटको आकार छ महिना नबित्दै आकार बढेको छ । आर्थिक बर्ष २०७९/८० को लागि असार २० गते ११ औं नगर सभाबाट २ अर्ब ७१ करोड ७९ लाख रुपियाँ बजेट स्विकृत गरेकोमा अहिले १२ औं नगर सभाबाट संसोधित बजेटको आकार ३ अर्ब ५ करोड पुगेको छ । संसोधित बजेट बिहीबारको नगरसभाले सर्बसम्मत स्बिकृत गरेको छ ।

ADVERTISEMENT

१२ औं नगरसभा बैठकमा नगर सभाका उपाध्यक्ष तथा उपमहानगरका उपमेयर राजेश बानियाँले प्रस्तुत गरेको २०७९/०८० को निति तथा कार्यक्रम एवम् बजेट समिक्षा सहितको संशोधित बजेट माग र आवश्यकताका आधारमा बजेटको आकार बृद्धि भएको प्रस्ताब गरीएको थियो । सरकार बाट आउने कर्मचारी, आन्तरीक करार कर्मचारीको तलब भत्ता सञ्चालन खर्च, नगरकार्यपालिका बाट निर्णय भएका कार्यक्रम खानेपानी न्यूनतम महशुल भुक्तानी, इन्जियरिङ कलेज सञ्चालन सहित माग भइआएका थप बजेट र अन्य आवश्यक कार्यक्रमहरुका लागि आन्तरीक श्रोत व्यवस्थापन गरी संशोधित बजेट ३ अर्व ५ करोड पु¥याइएको हो ।

उपमहानगरले चालु आर्थिक बर्षको अहिले सम्मको अवधीमा आय तर्फ संघिय सरकार समानिकरण तथा सशर्त अनुदान तर्फ ५५ करोड ४६ लाख ६ हजार, प्रदेश सरकारसमानिकरण तथा सशर्त अनुदान तर्फ ३७ करोड ५० हजार, संघिय र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाडफाँड तर्फ ६ करोड ७ लाख ६८ हजार र आन्तरीक श्रोत कर, राजश्व श्रोत र गत बर्षको समेत गरी ८७ करोड ८७ लाख ८ हजार आम्दानी गरेको नगर सभाका उपाध्यक्ष बानियाँले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
उपमहानगरको खर्च तर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १७ करोड ५८ लाख ६४ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ८० लाख ५२ हजार, पुर्वाधार बिकास तर्फ १३ करोड ६९ लाख ९२ हजार, सामाजिक बिकास तर्फ ३० करोड ७४ लाख १२ हजार, आर्थिक बिकास तर्फ २ करोड ४० लाख ६४ हजार समेत गरी कुल ६६ करोड २३ लाख ८५ हजार रुपियाँ गरेको जनाएको छ । पछिल्लो छ महिनाको अवधिमा अधिकाशं क्षेत्रगत आयोजना तथा कार्यक्रमहरु सम्झौता भई कार्यानवयनको क्रममा रहेकाले खर्च मुक्तानी नभइरहेको हुँदा क्षेत्रगत खर्चमा कमी देखिएको प्रतिवेदनमा उल्लेख छ । आउँदो असार मसन्त सम्मको अवधिमा खर्च बिबरणमा उल्लेख्य प्रगती हुने बताईको छ ।

नगर सभामा प्रस्तुत प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको स्वीकृत २५८ योजना मध्य ४८ वटा सम्पन्न भएको र २१० वटा सम्झौता भई कार्यान्वयनको चरणमा रहेका छन् । गत आर्थिक बर्ष २०७८/०७९ मा जिम्मेवारी सरेर आएका योजना मध्य ८४ वटा सम्पन्न भएका छन् । पुर्वाधार बिकास कार्यक्रमको भौतिक प्रगती तर्फ प्रथम चौमासिकमा कंक्रिट सडक ३ किलोमिटर, कल्र्भट ४ वटा, शैक्षिक पुर्वाधार तर्फ १, गुम्वा निर्माणमा ३, मन्दिर निर्माणमा १० र ४ वटा पार्क निर्माण सम्पन्न भएको छ । सडक पुवाधार तर्फ ५६ र अन्य १८ वटा योजना सम्पन्न भइ सडक तर्फ ८ किलोमिटर स्ल्याब ढलान सम्पन्न भएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

१२ औं नगर सभाले हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य सेवा बिद्ययक–२०७९, हेटौंडा उपमहानगरपालिका प्रज्ञा प्रतिष्ठान बिद्ययक–२०७९ सर्बसम्मत पास गरेको छ भने कहि ऐनलाई परिमार्जन गरी पास गरेको छ । नगरसभाले हेटौंडा उपमहानगरपालिका बाल अधिकार संरक्षण निती २०७९ समेत पास गरेको छ भने स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ मा भएको व्यवस्था अनुसार हेटौंडा ९ का वडा अध्यक्ष सुकराम केशीको संयोजकत्वमा बिद्यायन समिति र हेटौंडा १९ का अध्यक्ष नरनाथ सुवेदीको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको नगरसभाको सचिब प्रमुख प्रशासकित अधिकृत शिबराज चौलागाईको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *