थाहा महोत्सवमा थाहा आइडल प्रतियोगिता हुने

हेटौंडा, आगामी मंसिर १४ गतेबाट थाहा नगरमा हुने चौंथो थाहा महोत्सवमा थाहा आइडल प्रतियोगिता आयोजना हुने भएको छ । यसअन्तर्गत एकल नृत्य प्रतियोगिता सञ्चालन गरिने आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले जानकारी दिए ।

ADVERTISEMENT

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरुले महोत्सवको सचिवालयमा पुगेर फाराम भर्नुपर्ने आयोजकले जानकारी दिएको छ । सचिवालय शिखरकोटस्थित थाहानगर उद्योग वाणिज्य संघको भवनमा रहेको छ । आइडलको उपाधि जित्नेले रु। ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यसैगरी द्वितीय र तृतीय पुरस्कार क्रमशः रु। २० हजार र १० हजार रहेको छ ।

आइडलको विस्तृत जानकारीका लागि कार्यक्रम संयोजक यादवजंग रायमाझीसँग सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya