हेटौंडा, गत असोजको दोस्रो साता परेको अविरल बर्षाका कारण बाढीले बगाएको बागमती खोलामा बेलिब्रज निर्माण गरिएको छ। हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कान्तिराजपथस्थित बागमती खोलामा बेलिब्रज जडान गरिएको हो ।
यसअघि डाइभर्सन बनाएर सवारी आवतजावत गराइँदै आएकोमा सानो बाढीले पनि सडक अवरुद्ध हुन थालेपछि बेलिब्रिज निर्माण गरिएको हो। मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित मकवानपुर र ललितपुरलाई जोड्ने बागमती नदीमाथि बेलिब्रिज निर्माण गरेर सवारी आवागमनलाई सहज बनाइएको हो ।
बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने वैकल्पिक मार्ग कान्ति लोकपथ आयतबार ९आज० बिहानबाट सञ्चालनमा ल्याइएको मकवानपुर प्रहरीले जनाएको छ । बर्खा सुरु हुनै लाग्दा सडक समस्या समाधान गर्न कान्ति लोकपथ सडक आयोजनाले २१ देखि २४ जेठसम्म सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरी बेलिब्रिज जडानको काम अघि बढाइएको थियो। त्यसोत, यस बेलिब्रिजको भारबहन क्षमता ३० टन मात्र छ ।
त्यसैले सडक आयोजनाले मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर दुवैतर्फ मालबाहक सवारी साधनलाई निगरानी गर्न अनुरोध गरेको छ ।






