हेटौँडा, हेटौँडा–११, थानाभर्याङमा ट्रायम्फ मोटरसाइकलको शोरुम सञ्चालनमा आएको छ। आइतबार आयोजित एक कार्यक्रमबीच समाजसेवी शालिक कँडेल शर्मा (किशोर) ले शोरुमको औपचारिक उद्घाटन गरेका हुन्।

शोरुम उद्घाटन कार्यक्रममा कम्पनीका प्रतिनिधि रवि कँडेल शर्माले ट्रायम्फका ४०० सिसी क्षमताका मोटरसाइकलहरू धेरैले सोचेजस्तो अत्यधिक महँगा नभएको बताएका छन्। उनका अनुसार नेपाली बजारमा हाल ट्रायम्फका तीन वटा भेरियन्ट उपलब्ध छन्, जसको सुरुवाती मूल्य ६ लाख ७० हजार रुपैयाँ रहेको छ। भेरियन्टअनुसार मूल्यमा सामान्य फरक पर्ने उनले जानकारी दिए।
उनले ट्रायम्फ मोटरसाइकलको मुख्य विशेषता बालुवा, हिलो तथा सुख्खा सडकमा समेत सहज र आरामदायी रूपमा सञ्चालन गर्न सकिने रहेको बताए। समान क्षमताका अन्य मोटरसाइकलहरूसँग तुलना गर्दा उत्कृष्ट राइडिङ अनुभव, राम्रो माइलेज, आधुनिक प्रविधि, सुरक्षात्मक सुविधा तथा दीर्घकालीन मर्मत खर्चका आधारमा ट्रायम्फ अझ किफायती र उपयोगी विकल्प बन्न सक्ने उनको भनाइ छ।
विश्वव्यापी रूपमा प्रिमियम डिजाइन, आधुनिक प्रविधि, आरामदायी यात्रा र शक्तिशाली प्रदर्शनका कारण ट्रायम्फ लोकप्रिय ब्रान्डका रूपमा स्थापित रहेको उल्लेख गर्दै उनले हेटौँडामा नयाँ शोरुम सञ्चालनमा आएपछि स्थानीय ग्राहकलाई ठूलो सहजता हुने बताए।
शोरुममार्फत मोटरसाइकल बिक्रीसँगै सर्भिसिङ, स्पेयर पार्ट्स तथा ग्राहक सहायता सेवा पनि उपलब्ध हुनेछ। यससँगै हेटौँडा तथा आसपासका ग्राहकलाई मोटरसाइकल खरिद वा सर्भिसिङका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ। कम्पनीले स्थानीय ग्राहकलाई सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने अपेक्षा गरेको जनाएको छ।






