चौलागाईंको नेतृत्वमा भ्रष्टाचार विरुद्धको नागरिक संस्था

हेटौंडा, मकवानपुरे सामाजिक अभियन्ता केदारप्रसाद चौलागाईं भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरको अध्यक्षमा चयन भएका छन् ।

ADVERTISEMENT

संस्थाको शुक्रबार हेटौंडामा भएको प्रथम साधारणसभाले चौलागाईको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । निगरानी संस्थाको उपाध्यक्षमा निमेष निखिल, सचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा घनश्याम घिमिरे तथा सदस्यमा
शिवनारायण श्रेष्ठ, मोहनप्रसाद ढकाल र रामजी न्यौपाने चयन भएका छन् ।

संस्थाका निवर्तमान अध्यक्ष देवप्रसाद श्रेष्ठको अध्यक्षता एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयका प्रमुख नरहरि घिमिरेको प्रमुखआतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतको उपस्थिती थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पहलमा नागरिक स्तरबाट भ्रष्टाचार विरुद्ध सचेतना अभियान तथा सदाचार प्रवद्र्धनका लागि भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था स्थापना भएको हो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *