आज तीजको दर खाने दिन

हेटौंडा, आज भाद्र शुक्ल द्वित्तिया तिथी अर्थात तीजको दर खाने दिन । भोलि तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राति अबेर सम्म जागराम बसी दर खाने प्रचलन छ ।

ADVERTISEMENT

तीजको दिन महिलाहरु दिनैभरी ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा–मिठा परिकार खाने चलन बसेको हो । टाढा–टाढा रहेका चेलीहरु आज माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउँ, दही, दुध लगायतका मिठा परिकार खाने प्रचलन धेरै अघिदेखि चलेको हो ।

तिजको समयमा पुरुषले दर बनाएर आफ्ना चेलीबेटी वा जीवनसंगीनीलाई खुवाउनुपर्छ भन्ने प्रचलन छ । नेपाली समाजमा दर खाने दिनबाट तीज सुरु भएको मानिन्छ ।

धार्मिक ग्रन्थका अनुसार हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार महिलाहरुले तीजमा ब्रत बस्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya