विपन्न परिवारलाई सिलाई मेसिन हस्तान्तरण

हेटौंडा, दैनिक जिवन यापनमा समस्या व्यहोर्दै आएका परिवारलाई हेटौंडा उपमहानगरपालिकाले सिलाई मेसिन हस्तान्तरण गरेको छ । उपमहानगरक्षेत्र भित्र रहेका पिछडा बर्गको उत्थान र दैनिक जिवन यापनमा सहज बनाउँनका लागि सिलाई मेसिन हस्तान्तरण गरेको हो ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका–४ मा रहेर सिलाई कटाईको काम गर्दै दैनिक जिवन यापन गरीरहेका लादरसिं परियारलाई अनुदान स्वरुप सिलाई मेसिन हस्तान्तरण गरिएको हो । करिब १२ हजार रुपियाँ बराबरको मेसिन हेटौंडा पमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले परियारलाई हस्तान्तरण गरेकी हुन् । मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख लामाले मेसिन लगेर मात्र होइन दैनिक जिवन यापनमा सहजता हुने वातावरण बनाउन सुझाव दिइन् ।

त्यस्तै गाउँबाट हेटौंडा बजार सम्म अध्ययनका लागि आउँन र जानका लागि असहज भएको भन्दै हेटौंडा–१५ कि छात्र सुमिना पाख्रिनलाई साईकल हस्तान्तरण गरीएको छ ।

ADVERTISEMENT

उच्च शिक्षा अध्ययनको लागि हेटौंडा आउँने र हेटौैंडा ४ स्थित एक पसलमा कार्यरत उनलाई यात्राको सहजताका लागि हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले साईकल हस्तान्तरण गरेकी हुन् । आर्थिक अवस्था नाजुक रहेका कारण अध्ययनको लागि आफैले रोजगारी गर्दै गरेकी उनलाई उपमहानगरले अनुदान स्वरुप साईकल दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *