थाहामा उपमेयर कप व्याड्मिन्टन प्रतियोगिता सुरु

हेटौँडा, थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा छैठौं संस्करणको उपमेयर कप नगरस्तरीय व्याड्मिन्टन प्रतियोगिता सुरु भएको छ । शनिबार बिहान थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो ।

ADVERTISEMENT

प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । सोमबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टिमले १२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने सेमिीइनलमा पराजित हुने दुईवटा टिमले ६ हजार ५ सय नगद प्राप्त गर्नेछन् । थाहा नगरपालिका–३, क्याम्पाडाँडास्थित कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन समारोहमा उपप्रमुख भरत गोपाली, पालुङ भ्यालीहार्ट एकेडेमीका संस्थापक/प्रिन्सिपल सुरेन्द्रमान प्रधान, हर्ट हृदयरोग निवारण प्रतिष्ठान थाहा नगर अध्यक्ष विमलकुमार ढकाल, फरक सोचका संयोजक यादव जंग रायमाझी, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायतको आतिथ्य रहेको थियो । प्रतियोगिता लिग–कम–नकआउटका आधारमा सञ्चालन गरिने संयोजक सुशान्त श्रेष्ठ (च्याङ) ले बताए।

व्याड्मिन्टन प्रतियोगिता उद्घाटनको क्रममा हालै दोलखामा सम्पन्न १५ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कुमितो–४२ केजी समूहमा स्वर्ण पदक हाँसिल गर्न सफल थाहा ९ चित्लाङका करुण गमाल र छात्रा तर्फ १०० मिटर र २०० मिटर दौड प्रतियोगितामा स्वर्ण पदक हाँसिल गर्न सफल थाहा –१ की दिना गोपालीलाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *