‘कलमकला’ को पाँचौं संस्करण हेटौंडामा आयोजना

हेटौंडा, क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गठन नेपाल(ASSLUN) बागमती प्रदेशको आयोजनामा साहित्यिक कार्यक्रम ‘कलमकला’ शृङ्खलाको पाँचौं संस्करण हेटौंडामा सम्पन्न भएको छ। ASSLUN बागमती संयोजक रिजन इटेनीको सभाध्यक्षता र साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

युवा पुस्तालाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा ११ जना सिर्जनात्मक प्रस्तुतकर्ताहरूले कविता, गजल, मुक्तक लगायतका विधामा आफ्ना रचनाहरू वाचन गरेका थिए। १४ जना दर्शकको उपस्थिति सहित कुल २५ जनाको सक्रिय सहभागिता रहेको कार्यक्रममा साहित्यप्रेमी, युवा साहित्यकार तथा नवउदयी कविहरूको सहभागिता रहेको थियो।
संस्थाले नियमित रूपमा सञ्चालन गर्दै आएको ‘कलमकला’ शृङ्खलाको उद्देश्य युवालाई स्वतन्त्र रूपमा अभिव्यक्त हुने खुला, समावेशी तथा प्रेरणादायी मञ्च उपलब्ध गराउनु रहेको छ। कार्यक्रममा सहभागीहरूले रचनावाचनमार्फत आफ्ना भावना र सिर्जनात्मकता उजागर गर्न पाएका थिए।

ब्क्क्ीग्ल् का अनुसार, यस्ता कार्यक्रममा युवामा आत्मविश्वासको विकास, समविचारीहरूसँग संवादको अवसर तथा सिर्जनशीलताको अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ। सहभागीहरूमा देखिएको उत्साह र उर्जा भविष्यमा कार्यक्रमलाई अझ व्यापक र प्रभावशाली बनाउँदै लैजाने संकेत आयोजकले गरेका छन्। कार्यक्रममा सहभागिता जनाउने रचनाकारहरूलाई प्रमाणपत्रसहित डायरी र कलम प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *