हेटौंडामा मनाइयो परम्परागत् गाईजात्रा

हेटौंडा, परम्परागत् सांस्कृतिक पर्व गाईजात्रा हेटौंडामा मनाइएको छ । मङ्गलबार विहान हेटौंडा–२ मा रहेको कृष्ण मन्दिरबाट शुरु भएको गाईजात्रा भुटनदेवी मन्दिरमा पुगेर समापन गरेको नेवाः गुठी खल अध्यक्ष अनिल खड्गेले बताए ।

ADVERTISEMENT

नेवारी समुदायले मृत आत्माको चिरशान्तिको कामना गर्दै घरबाट बिभिन्न भेषभुषा धारण गरी पर्व मनाइने गर्दछन् । सोहीअनुरुप हेटौंडामा सामूहिकरुपमा गाईजात्रा मनाइएको खड्गेले बताए । यस वर्ष ३२ परिवार सामुहिक गाईजात्रामा सहभागि भएको उनले जानकारी दिए । इतिहासमा पनि गाईजात्राका समयमा केटा मान्छेसमेत केटी भएर हिँड्ने चलन भएको भन्दै उनले आफूहरुको पहिचानसँग पर्व जोडिएको विश्वास व्यक्त गरे ।

गाईजात्रामा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा घोषिणा गरेको थियो । एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारेर आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्वारा दूध, फलफुल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ ।

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।तत्कालीन राजा प्रताप मल्लले छोराको निधनले शोकमा रहेकी महारानीलाई खुशी बनाउन यो परम्परा शुरु गरेको इतिहास छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *