राहदानी वितरण कार्य अवरुद्ध

हेटौंडा/राहदानी विभागले राहदानी वितरण कार्य तत्कालका लागि स्थगित गरेको जनाएको छ। विभागले मंगलबार एक सुचना जारी गर्दै सिस्टममा समस्या आइ राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध हुन गएको विभागले जनाएको छ।

ADVERTISEMENT

विभागले मंगलबार सूचना प्रकाशित गरी ‘सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकहरूले आफ्नो मोबाइलमा एसएमएसरम्यासेज आएपछि मात्र विभागमा आउन’ अनुरोध गरेको छ।

साथै, नियमित रूपमा राहदानी आवेदनका लागि एपोइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि विभागमा उपस्थित भइदिन पनि विभागले सूचित गरेको छ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि विभागको अनलाईन सर्भरमा समस्या आएकोले अर्को सुचना जारी नभएसम्मका लागि राहदानी सम्बन्धी सम्पूर्ण सेवा स्थगित गरिएको सुचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya