नेता बानियाँले गरे मनहरीमा एकैदिन पाँच वटा पूर्वाधार परियोजनाको उद्घाटन

मनहरी, नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिवार मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–६ का विभिन्न स्थानमा निर्माण सम्पन्न भएका पाँच पूर्वाधारको उद्घाटन गरेका छन्। मनहरी ६ स्थित रमौली प्रतापुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी जोगीताल १ किलोमिटर सडक, तिलेश्वर मन्दिर र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लबको एक कार्यक्रमका बीच नेता बानियाँले उद्घाटन गरेका हुन् ।

ADVERTISEMENT

कांग्रेस सभापति एवं बागमती प्रदेशसभा सदस्य बानियाँले मनहरी गाउँपालिकाको ६ नम्बर वडा अरु वडाभन्दा भौगोलिक दृष्टिले ठूलो र दुर्गम रहेको बताउँदै यस वडामा प्रदेश र स्थानीय तहको समन्वयमा विगतदेखि नै विभिन्न विकास निर्माणका योजना सञ्चालन हुँदै आएको बताए । ब्यक्तिको आस्था जुनसुकै पार्टीमा रहनसक्ने भएकाले जनप्रतिनिधिले जनता र गाउँको विकासमा राजनीति गर्न नहुने बताए ।

नेता बानियाँले चितवन राष्ट्रिय निकुञ्जबाट यहाँका स्थानीय जनताको विकासमा आएका अवरोधहरुलाई प्रदेश र स्थानीय तहसंग समन्वय गरेर समाधान गर्दै तटबन्ध, बाटो र अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्दै वडा, पालिका र प्रदेश सरकारको समन्वयमा स्थानीय जनतालाई रोजगारी तथा आयआर्जनमा जोड्ने योजनामा जनप्रतिनिधिलाई आग्रह गरे । बागमती प्रदेश, मनहरी गाउँपालिका र वडाबाट बिनियोजित बजेटद्वारा निर्मित पूर्वाधारको उद्घाटन कार्यक्रम मनहरी ६ का वडा अध्यक्ष युवराज थपलियाको सभाध्यक्षता तथा नेता बानियाँको प्रमुख आथित्यतामा भएको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी ७ का वडा अध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *