हेटौंडामा हास्यव्यङ्ग्य कविता प्रतियोगिता हुने

हेटौंडा, सिस्नुपानी नेपालको स्थापना दिवसको आयोजनामा सिस्नुपानी मकवानपुरको आयोजनामा खुला हास्यव्यङ्ग्य कविता प्रतियोगिता हुने भएको छ । यही बैशाख २२ गते शुक्रबार हेटौंडामा हुने खुला हास्यव्यङ्ग्य कविता प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडा कार्यालयको विशेष प्रवद्र्धनमा हुन लागेको हो ।

साहित्य पोस्टसँगको सहकार्य रहने यस प्रतियोगितामा देशभरका कविहरूले भाग लिन सक्ने संस्थाका अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिए । समाजमा हुने गरेका विकृति र विसंगतीविरुद्ध साहित्य सिर्जनामार्फत् सुधारका लागि दवाव दिन सकिने र उन्नत समाज स्थापनातर्फ सदैव जोड गर्नका लागि हास्यव्यङ्ग्य साहित्यको उल्लेख्य भूमिका रहेकोले यसको उन्नयन नै उद्देश्य रहेको उनले बताए ।

सिस्नुपानी मकवानपुरका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मीनप्रसाद लामिछानेका अनुसार प्रतियोगितामा कविता २५० शब्दभित्र रहनेगरी तथा अन्य अप्रकाशित हास्यव्यङ्ग्य रचना मात्रै समावेश गरिनेछ । विजेतालाई १५ हजार, द्वितीय हुनेलाई १० हजार, तृतीयलाई ५ हजार र सान्त्वना २ जनालाई ३/३ हजार नगद पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button