गजल मञ्च मकवानपुरको २३१ औँ गजल यात्रा सम्पन्न

हेटौँडा, गजल मञ्च मकवानपुरको २३१ औँ गजल यात्रा शनिबार हेटौँडामा भएको छ । मञ्चका अध्यक्ष संजित श्रेष्ठको सभाध्यक्षतामा भएको गजल यात्रामा वरिष्ठ साहित्यकार, कवि एवं गजलकार तुलसी घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

नियमित गजल यात्रामा राम कार्की, नवीन दर्लामी मगर, राजकुमार चौधरी, अजर फुयाँल, राजुराम राउत, मुस्कान तिमल्सिना, देवराज तिवारी, आर.आर.चौलागाईं तथा प्रमुख अतिथि तुलसी घिमिरेलगायतले आ–आफ्ना गजल वाचनगरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार तथा कवि आर.आर. चौलागाईं, मञ्चका संरक्षक तथा सल्लाहकार मुक्ति गोविन्द वैद्य, पूर्व अध्यक्ष तथा सल्लाहकार देवराज तिवारी, पूर्व अध्यक्ष मुस्कान तिमल्सिना, साहित्यकारहरू राजकुमार लामिछाने, राजुराम राउत लगायत मकवानपुरमा क्रियाशील विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको अतिथि रहेका थिए ।

मञ्चकी कोषाध्यक्ष स्वस्तिका दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा सदस्य प्रविना प्रयासिले स्वागत मन्तव्य राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *