हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै

हेटौंडा, टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले हेटौंडामा टिभिएसको बिशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । हेटौंडाको रानी दरबार अगाडि रहेको टिभिएसको आधिारिक सर्भिस सेन्टर हेटौंडा अटो मार्टमा आगामी असार २२ देखि २४ गतेसम्म तीन दिन बिशेष मनसुन सर्भिस क्याम्प सञ्चालन हुने हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताए ।

ADVERTISEMENT

बरुवालको अनुसार सर्भिस क्याम्पमा सर्भिस आफ्नो सवारी साधन ममतका लागि आउने ग्रहाको लागि एक थान आकर्षक टिसर्ट उपलब्ध गराईनुका साथै स्पेयर पार्टस् र इञ्जिन आयलमा १०÷१० प्रतिशत छुटका साथै लेवर चार्जमा ५० प्रतिशत छुट हुनेछ ।

सर्भिस क्याम्पकै अवसरमा टिभिएसका सवारी साधन बिशेष छुट सुविधा सहित बार्षिक मर्मत सम्झौता समेत गरिने अर्का सञ्चालक कञ्चन बुढाथोकीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya