हेटौँडा, मकवानपुरको भिमफेदी गाउँपालिका–१ बागझोरास्थित हेटौंडा–भैँसे सडकखण्डमा लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्।
२०७२ साल असार १९ गते राति करिब ११ः३० बजे चौकीटोल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको बा।९४प ८०८६ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा चालक कुमार सिंह गोलेको साथबाट ६ किलो ८२० ग्राम गाँजा फेला परेको हो।
पक्राउ परेका गोले हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङका ३६ वर्षीय निवासी हुन्। झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेपछि मोटरसाइकलसहित गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
उनलाई लागूऔषध सम्बन्धी कसुरमा ४ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।






