हेटौंडा–७ बालमैत्री वडा घोषणा हुँदै

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७, लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।

ADVERTISEMENT

वडा कार्यालयले मंगलबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही भदौं १ गते शनिबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–७ का वडाध्यक्ष दामोदर गौतमले जानकारी दिए ।

उनका अनुसार, बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४६ वटा सुचकहरु पूर्ण रुपमा, १ वटा सुचक ९८ प्रतिशत, १ वटा सुचक ८५ प्रतिशत, १ वटा सुचक ९५ प्रतिशत, १ वटा सुचक ९९ प्रतिशत र १ वटा सुचक ९९।७३ प्रतिशतसम्म हासिल गरिएको छ ।

यस कार्यका लागि वडाध्यक्ष गौतमको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको र सो समितिले घोषणाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ ।

Advertisement 5

कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा गर्न लागिएको अध्यक्ष गौतमले बताए ।

उक्त दिन स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा वडा कार्यालयको प्राङ्गनबाट प्रभातफेरीसहित वडा कार्यालय परिक्रमा गरिने र त्यसपछि औपचारिक कार्यक्रम हुने वडाध्यक्ष गौतमले बताए ।

बालमैत्री वडा घोषणा हुने क्रममा रहेको वडा नम्बर–७ हेटौंडा नगरमा तेस्रो बालमैत्री वडा घोषणा हुनेछ । यसअघि हेटौंडा–८ र हेटौंडा–२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *