हेटौंडा ६ बालमैत्री वडा घोषणा हुँदै

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । विभिन्न सूचक पूरा गरेसँगै यही मंसिर २७ गते बिहीबार हेटौंडा–६ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।

६ नम्बर वडाका अध्यक्ष एवं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मूल समारोह समिति संयोजक विष्णु बहादुर दाहालले निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि सबै तयारी पूरा भएको जानकारी दिए ।

यस वडाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि आवश्यक ५१ सूचक मध्य ४८ सूचकमा सतप्रतिशत र ४ वटा सूचकमा न्यूनतम नतिजा हासिल गरेको उनले बताए ।यस वडामा सामुदायिक, संस्थागत विद्यालय र विशेष गरि ७ वटा विद्यालय सञ्चालनमा रहेको उनले बताए ।

Advertisement 3

१९ वटा बाल समूहहरु र एउटा वडा बाल सञ्जालमा ४ सय ७५ बालबालिका आबद्ध रहेका छन् । १९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *