नवोदय विद्यालयका विद्यार्थीलाई सम्मान

हेटौंडा , नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ। सोमबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमाणपत्रसहित पुस्तक उपहार दिई सम्मान गरिएको हो।

ADVERTISEMENT

एसईई परीक्षामा ४ जिपिए हासिल गर्ने विद्यार्थी विमर्श श्रेष्ठ र दर्शना उप्रेतीसहित उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको हो । ४ जिपिए हासिल गरेको द्वय विमर्श र दर्शनाले आफ्ना अनुभव साझा गर्दै नियमित अध्ययन, लक्ष्यप्रति समर्पण र शिक्षकको मार्गदर्शन नै सफलताको मुख्य आधार भएको बताएका थिए। कार्यक्रममा नेपाली विषयमा ‘ए प्लस’ ग्रेड प्राप्त गर्ने ८ जना विद्यार्थीलाई जनही २ हजार रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरिएको थियो। उक्त पुरस्कार नेपाली विषयका शिक्षक रामबाबु थापाले व्यक्तिगत तर्फबाट प्रदान गरेका हुन्।

माध्यमिक शैक्षिक संयोजक सिएम रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *