मकवानपुरमा पहिरो खस्दा एक मजदुर गम्भीर घाइते

हेटौँडा, मकवानपुरको इन्द्रसरोवरमा शुक्रबार बिहान सुक्खा पहिरो खस्दा एक मजदुर गम्भीर घाइते भएका छन् ।

ADVERTISEMENT

इन्द्रसरोवर–४ महालक्ष्मीमा सडक निर्माणको काम गरिरहेको अवस्थामा पहिरो खस्दा नाला बनाउने काम गरिरहेका खोटाङ लामिडाँडा घर भएका २० वर्षीय केशव मगर गम्भीर घाइते भएका हुन् ।

उनको टाउको र ढाडमा चोट लागेको छ । मगरलाई उपचारका लागि काठमाडौं पठाइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *