शिक्षक फुटबलमा नवोदय र ब्रम्हदिक विद्यालय विजयी

हेटौंडा, आइतबारबाट हेटौंडामा शुरू भएको ४ नम्वर वडा विद्यालय स्तरीय ५ ‘ए’ साइड शिक्षक फुटबलमा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय विजयी भएको छ । आइतबार भएको उद्घाटन खेलमा भुटनदेवी माध्यमिक विद्यालयलाई ४–१ को गोल अन्तरले पराजित गर्दै नवोदय सेमिफाइनल प्रवेश गरेको हो ।

ADVERTISEMENT

नवोदयका सरोज पुडासैनी, डेविन श्रेष्ठ, तक्षक सिम्खडा र रित चापागाईंले गोल गरेका थिए। भुटनदेवीका बिजय मगरले सान्त्वना गोल फर्काए । आइतबार भएको दोस्रो खेलमा सत्यम जेभियर्सलाई ४–० को गोल अन्तरले पराजित गर्दै ब्रम्हदिक एकेडेमी विजयी भएको छ । ब्रह्मदिकका अनुज कार्कीले व्यक्तिगत ४ गोल गर्न सफल भए ।

शैक्षिक गुणस्तर सुधार समिति हेटौंडाका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । खेलकुदले शिक्षकहरूबीच आफ्सी सद्भाव कायम हुनुका साथै भाइचारा सम्बन्ध स्थापित हुने भएकोले गर्दा प्रतियोगिता आयोजना गरेको सिग्देलले बताए ।

ADVERTISEMENT

शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन र ब्रम्हदिक एकेडेमीको सहव्यवस्थापन शुरू भएको प्रतियोगितामा नवोदय शिशु सदन, ब्रम्हदिक एकेडेमी, सत्यम जेभियर्स माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र आमसाई विद्यालयको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *