सहकारी दिवसको अवसरमा ३६ जनाको रक्तदान

हेटौंडा, ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति २०७९को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । रक्तदानकार्यक्रममा ३ महिला सहित ३३ जना पुरुषले रक्तदान गरेका हुन् । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी दिवस मूल समारोह समितिका संयोजक तथा बागमति प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

रक्तदान कार्यक्रमलाई बागमति प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले सहयोग गरेको थियो भने जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा र नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाको सहकार्यमा भएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान संचालक बद्रीप्रसाद लम्साल, बागमति प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अधिकृत रोहित पोखरेल, प्रदेश सहकारी बोर्डका प्रमुख पुरुषोत्तम मिश्र, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, कृषि सहकारी संघ बागमती प्रदेश उपाध्यक्ष बिमला कार्की, मकवानपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढु·ाना, कोषाध्यक्ष विष्णुमाया लामालगायतको आतिथ्यता रहेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका रक्तसञ्चार केन्द्रका प्राबिधिकहरुले प्राबिधिक सहयोग गर्नुभएको थियो । यो बर्ष “सहकारीको दिगोपन ः स्वनियमन र सुशासन” भन्ने नाराका साथ मनाईने सहकारी दिवसको अवसरमा चैत १९ गते आइतबार मानवसेवा आश्रम हेटौंडामा फलफूल तथा खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको कार्यालय सचिब गोबिन्द दाहालले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *