थाहाको पर्यटन प्रबद्र्धनका लागि काठमाण्डौंमा फोटो प्रदर्शनी

मकवानपुर, मकवानपुरको पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि काठमाण्डौमा तीन दिने फोटो प्रदर्शनी हुने भएको छ । थाहा नगरपालिकाको आयोजना तथा फरक सोचको ब्यवस्थापनमा काठमाडौँको बसन्तपुर (काल भैरव) डबलीमा यहि कार्तिक १८, १९ र २० गते फोटो प्रदर्शनी हुने थाहा नगरपालिकाले जारी गरेको प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

ADVERTISEMENT

नगरप्रमुख बिष्णु बहादुर बिष्टले हस्ताक्षर गर्नुभएको बिज्ञप्तीमा उपत्यकाका विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आम नागरिकलाई लक्षित गरी फोटो प्रदर्शनी आयोजना गरिएको उल्लेख छ । कार्यक्रम स्थलमा सूचना केन्द्रको व्यवस्था गरिने छ भने प्रदर्शनीमा राखिएका विभिन्न फोटोहरुको बारेमा जानकारी दिन स्वयंसेवकहरुको व्यवस्था गरिने आयोजकले जनाएको छ । मकवानपुर जिल्लाको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका पर्यटकीय संभावना भएकोले प्राकृतिक सुन्दरता, हिमशृंखलाको दृश्यावलोकन, ऐतिहासिक मठ मन्दिर, लगाएत पर्यटन प्रबद्र्धनका लागि फोटोको माध्यमबाट चिनाई आन्तरिक तथा बाह्य पर्यटनको बिकास गर्न फोटो प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक ईन्द्र बहादुर श्रेष्ठले बताए ।

यही कात्तिक १८ गते देखि आयोजना हुने फोटो प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको र सो कार्यक्रम सहित फोटो फोटो प्रदर्शनी अवलोकन गर्न सबैमा संयोजक श्रेष्ठले अनुरोध गर्नुभयो । तीन दिन बिहान १० बजेदेखि ४ बजे सम्म हुने प्रदर्शनीमा थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका विभिन्न विधाका करिव एक सय फोटो रहने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya