पशुपतिनाथ माविमा दातालाई भब्य स्वागत

हेटौंडा, मनहरी गाउँपालिकाथ्ति पशुपतिनाथ माविमा बालबालिकालाई सहयोग गर्ने दातृसंस्थाका प्रतिनिधिलाई भब्य स्वागत गरिएको छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई बिगत ७ वर्षदेखि शैक्षिक सामग्री, विद्यालय पोशाक, झोला, न्यानो कपडालगायत सहयोग गर्ने हेल्प–कोड इन्टरनेश्नलका अध्यक्ष तथा प्रबन्धकलाई स्वागत गरिएको हो ।

ADVERTISEMENT

हेल्पकोड ईन्टरनेश्नलका अध्यक्ष जिओर्जीओ जागामी र प्रबन्धक चिआरा क्वीन्टाभाल (स्वीस नागरिक) लाई विद्यालयले बुधबार स्वागत गरेको हो । विद्यालय भ्रमणका क्रममा मनहरीको मसिने आइपुगेका दातालाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले नेपाली ढाकाटोपी, खादा, माला पहिराएर स्वागत गरेका हुन् ।

विब्यस अध्यक्ष गौतमको सभाध्यक्षता र मनहरी गाउँपालिका शिक्षा प्रमुख प्रदीप पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकको सहभागिता रहेको थियो । गाउँ शिक्षाप्रमुख पराजुलीले हेल्पकोडले मनहरी–४ का तीनवटा र मनहरी–३ को एक गरी चारवटा विद्यालयका बालबालिकालाई सहयोग गरेर गाउँपाकिलालाई नै सहयोग गरिरहेको बताए ।

हेल्पकोड नेपालका प्रमुख भरतप्रसाद पाठकले सबैभन्दा धेरै बालबालिका सहयोग पाएको विद्यालयमध्ये पशुपतिनाथ मावि पनि एक भएको बताउँदै हेल्पकोड ईन्टरनेश्नलका अध्यक्ष नेपालका विद्यालयको भ्रमणमा आउनु पनि ठूलो उपलब्धी भएको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले हेल्पकोडले बालबालिकालाई आवश्यक सहयोग गरेका कारण बीचैमा विद्यालय छोड्ने विद्यार्थीको संख्यामा कमी आएको बताए ।

हेल्पकोड ईन्टरनेश्नलका अध्यक्ष तथा प्रबन्धकले बालबालिका, अभिभावक, शिक्षकसँग प्रत्यक्ष अन्तरक्रिया गरी आगामी दिनमा पनि सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले विद्यालयको कक्षाकोठा, सौचालय, स्वास्थ्य उपचारकक्ष, दिावाखाजा बनाउने भान्सालगायतको अवलोकन गरी विद्यालयलाई पृष्ठपोषण गरेका थिए । विद्यालयमा पिउने पानी सुद्धिकरण यन्त्र आवश्यक रहेको अभिभावकहरुले गुनासो गरेका थिए । 

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *