हेटौंडा \ नेपालभर रहेका रोट्रयाक्ट क्लबहरुका अध्यक्ष र सचिवको बैठक बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ। रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ (नेपाल भुटान)को आयोजनामा देशभरका १७६ वटा रोटर्याक्ट क्लबका अध्यक्ष र सचिवहरुको बैठक हुन लागेको हो ।

शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै रोट्रयाक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदीपकुमार राईले भाद्र २५ गते एकदिन देशभरका अध्यक्ष, सचिव र अन्य अतिथि गरि नौ सय देखी एक हजार रोटरी तथा रोट्रयाक्टहरुको सहभागिता हुने बताए । आयोजकको रुपमा रोटर्याक्ट क्लब अफ मकवानपुर र रोट्रयाक्ट क्लब अफ हेटौंडा रहेको बताउदैं राइले बैठकमा रोट्रयाक्टसँग सम्बन्धित मुद्दा तथा प्रस्तावहरुमा बृहत छलफल गरिने बताए ।
उनले कार्यक्रमको २० लाख खर्च हुने अनुमान रहेको बताएका छन् । हरेक वर्ष हुने बैठक गतवर्ष पोखरामा भएको थियो । राईकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष सुयश पराजुली, रोटरी मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्की, रोट्रयाक्ट मकवानपुरका निवर्तमान अध्यक्ष प्रतिक्षा न्यौपाने, रोयर्याक्ट हेटौंडाका संस्थापक अध्यक्ष अनुराग अधिकारी, पुर्व अध्यक्ष सरोज देवकोटा लगायतको उपस्थिती रहेको थियो ।
ADVERTISEMENT