हेटौँडा , अविरल वर्षाका कारण मकवानपुरको पश्चिमी क्षेत्रका ग्रामीण भेगका सडकहरु अवरुद्ध भएका छन् । मनहरी -चैनपुर सडकका आपखोल्सीलगायत विभिन्न क्षेत्रमा पहिरो गएकाले राक्सिराङ गाउँपालिकाको केन्द्र रहेको चैनपुरमा सवारी साधनहरु मंगलबारदेखि आवतजावत गर्न सकेका छैनन् ।
गाउँपालिकाको केन्द्र चैनपुरमा पुग्ने अर्को सडक मार्ग सिम्पानी(सरिखेत सडकको विभिन्न भागमा पनि पहिरो गएर अवरुद्ध भएको छ । पानी परिरहेकाले दुवै सडक मार्गमा माथिबाट लेदो झरिरहने भएकाले पैदल हिडन समस्या भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । पानी पर्न रोकियो भने पहिरो हटाएर छिट्टै नै सडक संचालनमा ल्याउने उनको भनाइ छ ।







