शिवम् सिमेन्टकोे ‘नो कम्प्रोमाइज’ दोस्रो भिडियो सार्वजनिक

हेटौँडा, नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ । जस अन्तर्गत घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत ‘सर्तकताको मामलामा नो कम्प्रोमाइज’ भन्ने सन्देश दिन खोजेको छ । यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपटबारे सचेत गराउँदै सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ ।

ADVERTISEMENT

यस अघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रोमाइज’ भन्ने सशक्त सामाजिक सन्देश मुलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो ।
यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो । उक्त सामाजिक सन्देश मुलक विज्ञापन दर्शकहरुले अत्याधिक रुचाईएको थिए ।

शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । ‘नो कम्प्रोमाइज भन्न जति सजिलो छ त्यति नै व्यवहारमा पुरा गर्न गाह्रो छ, तर जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने सन्देश मार्फत, शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको छ ।
शिवम् सिमेन्टले स्थापनाकालदेखि नै ओपीसी ९अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट० सिमेन्ट उत्पादन तथा विक्री गर्दै आएको छ । शिवम् सिमेन्ट नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ जसले उत्कृष्ट गुणस्तरमा आधारित राष्ट्रिय पुरस्कार एनएस क्वालिटी एवार्ड २०१९ बाट समेत सम्मानित भइसकेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *