हेटौँडाका एक सय २२ करदाता कारबाहीमा

हेटौँडा, हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाउने १२२ करदातामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क तथा अग्रिम कर कट्टीको बक्यौता पटक–पटक ताकेता गर्दासमेत नबुझाएपछि कार्यालयले उनीहरूलाई कारबाहीको दायरामा ल्याएको हो।

ADVERTISEMENT

कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार निर्धारित समयभित्र कर नबुझाएमा सम्बन्धित करदाताको बैंक खाता, घरजग्गा तथा आयात–निर्यात कारोबारसमेत रोक्का गरिने छ। कर नबुझाउनेहरूको विस्तृत अभिलेख तयार गरिसकिएको जानकारी दिँदै प्रमुख सुवेदीले बक्यौता तत्काल तिर्न आग्रह गर्नुभयो।

उहाँले बजार अनुगमन र कर सम्बन्धी सचेतनामूलक कार्यक्रम प्रभावकारी बन्दै गएको बताउँदै चालु आर्थिक वर्ष २०८१/८२ मा नयाँ करदाता दर्ता दरमा उल्लेख्य वृद्धि भएको जानकारी दिनुभयो ।

ADVERTISEMENT

आन्तरिक राजस्व कार्यालयले कर प्रणालीलाई पारदर्शी, प्रभावकारी र करदातामैत्री बनाउन नियमित अनुगमनलाई निरन्तरता दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *