पिप्ले युवा क्लबलाई ५ लाख हस्तान्तरण

हेटौंडा/ मकवानपुर जिल्ला फुटबल संघले पिप्ले युवा क्लबलाई ५ लाख रुपैयाँ नगद हस्तान्तरण गरेको छ । चौथो संस्करणको स्थानीय तह सहिद स्मृति राष्ट्रिय हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता पिप्लेक्याम्पा रंगशालामा गरेबापत् उक्त रकम प्रदान गरिएको हो ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा प्रतियोगिता संयोजक प्रताप विष्टले क्लब अध्यक्ष सुशील घिमिरेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

गत जेठ १९ देखि ३० सम्म हेटौंडामा सम्पन्न प्रतियोगितामा करिब १ करोड ३१ लाख ५६ हजार आम्दानी भएकोमा १ करोड ९ लाख ६७ हजार रुपैयाँ खर्च भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *