हेटौंडा उपमहानगरको संशोधित बजेट ३ अर्व

हेटौंडा, हेटौंडा उपमहानगरपालिकाको संशोधित बजेट ३ अर्ब नजिक पुगेको छ । चालु आर्थिक बर्ष २०८०/०८१ को असारमा ल्याएको बजेटलाई संशोधन गर्दै शनिवारको १४ औं नगर सभाबाट बजेटको आकार बढेको हो ।

ADVERTISEMENT

हेटौंडा–१८ गुम्बाडाँडामा भएको उपमहानगरको नगर सभाले उप प्रमुख राजेश बानियाँले प्रस्तुत गरेको संसोधन सहितको २ अर्व ९० करोड ६२ लाख ९० हजार रुपियाँको बजेट पास गरेको हो । चालु आर्थिक बर्षको असारमा भएको नगर सभाले २ अर्व ६८ करोड ६० लाख १० हजार रुपियाँको बजेट उपमहानगरले ल्याएको थियो । आन्तरीक राजश्व संकलनमा देखिएको प्रगतिको आधारमा चालु आर्थिक बर्षको संसोधित बजेटमा २२ करोड २ लाख ८० हजार बजेट थप गर्दै कार्यान्वयनमा ल्याउने तयारी थालेको छ । चालु आर्थिक बर्षको ६ महिनाको राजश्व संकलनमा लक्ष्य अनुसारको आधा पुरा भैसकेको बजेट प्रस्तुतिका क्रममा उपप्रमुख बानियाँले बताए।

चालु आर्थिक वर्षको लागि कुल ३० करोड ९४ लाख राजस्व लक्ष्य राखेकोमा पौष १५ गतेसम्म १५ करोड ४५ लाख रुपियाँ रकम संकलन भएको प्रतिवेदनमा उल्लेख छ । अहिले सम्म ५० प्रतिशत राजश्व संकलन भएको र गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालू आर्थिक वर्ष ८ प्रतिशतले राजस्व संकलन वृद्धि भएको उल्लेख छ । प्रस्तुत प्रतिवेदन अनुसार पूर्वाधार क्षेत्र तर्फ नगरस्तरीय ६२ आयोजना र वडास्तरीय ९५६ आयोजना गरी जम्मा १ हजार ११८ योजना रहेकोमा हालसम्म नगरस्तरीय १५ वटा आयोजना र वडा स्तरीय २१७ वटा योजना सम्झौता भैसकेको उल्लेख छ । सम्झौता भएका योजना मध्ये ३२ वटा सम्पन्न भएको र अन्य ९८६ वटा आयोजना कार्यान्वयनको चरणमा रहेको बताइएको छ ।

गत आर्थिक वर्षको जिम्मेवारी सरी आएका योजनाहरु मध्ये ११० वटा योजनाहरु सम्पन्न भई सकेका छन् भने ६१ वटा सम्पन्न हुने क्रममा रहेका उल्लेख छ । पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगति तर्फ प्रथम चौमासिकमा कंक्रिट सडक २ किलोमिटर, कालोपत्रे ३५५ मीटर, शैक्षिक पूर्वाधार तर्फ १ वटा, सांस्कृतिक जगेर्ना तर्फ गुम्बा निर्माण तर्फ २ वटा, मन्दिर निर्माण तर्फ ५ वटा, मदरसा १ वटा र यात्रु प्रतिक्षालय १ वटा निर्माण भैसकेको उल्लेख छ ।

नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको १४ औं नगरसभाले स्थानिय समुदायको आर्थिक अवस्था सुधार ल्याउन लघु उद्यमिले उत्पादन गरेका गुन्द्रुक, मस्यौरा लगाएका खाद्य पदार्थलाई ब्राण्डिंग गरी बजारीकरण गर्ने र स्थानिय स्तरमा उत्पादन हुने मौलिक तथा रैथाने कृषि उपजलाई प्रवद्र्धन गर्न होटल एशोसिएशनसँग समन्वय गरी नगरका सबै होटलका खाना सुचिमा समावेश गराउने प्रस्ताब पास गरेको छ ।

Advertisement 5

सभाले उपमहानगरमा आयआर्जन र समृद्धि कार्यक्रम सञ्चालन गरी बेरोजगार रहेका युवाहरुलाई सिपमार्फत प्रत्यक्ष रोजगारीमा जोड्ने कार्यक्रम सञ्चालन गर्न अध्ययन गर्ने प्रस्ताब पास गरेको छ । उपमहानगरक्षेत्रमा प्रर्यटकको आगमन बढाउँनका लागि बाह्य जिल्ला र भारतको पटना लगाएत बिहारका अन्य शहरसँग सस्थागत रुपमा प्रर्यटन प्रवद्धनका लागि आवश्यक सम्वाद र छलफल अघि बढाउने प्रस्ताव सर्वसम्मत स्विकृत गरको छ । सभाले संसोधित नीति, कार्यक्रम तथा बजेट एवम् बिभिन्न ऐनहरु सर्बसम्मत पारीत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *