हेटौंडा, सिस्नुपानी नेपालको स्थापना दिवसको आयोजनामा सिस्नुपानी मकवानपुरको आयोजनामा भएको खुला हास्यव्यङ्ग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीप्रसाद मुलतिहुन प्रथम हुन सफल भएका छन् । २४ जना कविलाई पछि पार्दै उनको जाँडरक्सी महोत्सव शीर्षकको कविता प्रथम भएको हो ।
प्रतियोगितामा मकवानपुरका प्रभाष घिमिरे द्वितिय र सुनसरीका सुरज पराजुली तृतीय हुन सफल भएका थिए । घिमिरेले बाँदर र सुरजले फलानो कविता प्रस्तुत गरेका थिए । प्रतियोगितामा कास्कीका संयोग बस्याल र पाँचघरका कमल घिमिरे सान्त्वना भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका थिए । ८१ जना प्रतिस्पर्धीबाट उत्कृष्ट २५ छनौट गरी शुक्रबार २५ जनाले कविता वाचन गरेका थिए । प्रतियोगिताको लागि मकवानपुरका ५ जना कवि छनौटमा परेका थिए ।
प्रतियोगितामा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल र सिस्नुपानी नेपालका सल्लाहकार नरनाथ लुइटेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विभिन्न जिल्लाबाट प्रतियोगितामा सहभागी जनाउन आएका व्यक्तिलाई सिस्नुपानी नेपाल मकवानपुरले खाना, बस्नको व्यवस्था गर्नुको साथै यातायातको खर्च उपलब्ध गराएको सिस्नुपानी नेपालका सहसचिव संप्रस पौडेलले जानकारी दिए । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सिस्नुपानी नेपालका सल्लाहकार नरनाथ लुइटेलको प्रमुख आतिथ्यता रहेको थियो ।
हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको प्रवद्र्धनमा प्रतियोगिता भएको हो । समाजमा हुने गरेका विकृति र विसंगतीविरुद्ध साहित्य सिर्जनामार्फत् सुधारका लागि दवाव दिने उद्देश्यले प्रतियोगिता आयोजना गरेको सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष लामिछानेले बताए ।