२५ जना विपन्न बालबालिकालाई जनप्रतिनिधिद्धारा व्यक्तिगत विद्यालय भर्ना

हेटौंडा उपमहानगरपालिका १७ का नवनिर्वाचित वडा सदस्य कृष्णबहादुर अधिकारीले वडामा २५ जना विपन्न बालबालिकालाई व्यक्तिगत लगानीमा विद्यालय भर्ना गराएका छन् ।

ADVERTISEMENT

वडाको गैरीगाउँ, राईटोलका कक्षा नर्सरीदेखि ८ सम्मका १६ छात्रा सहित २५ बालबालिकालाई आज जनप्रिय माध्यमिक विद्यालयमा भर्ना गर्नका लागि एकमुष्ट रकम अभिभावकमार्फत हस्तान्तरण गरिएको हो । आर्थिक कारणले शिक्षा पाउनबाट कोही पनि वञ्चित हुन नहुने भन्दै सदस्य अधिकारीले वडाका विपन्न बालबालिकाको शिक्षाका लागि आफ्नो सहयोग निरन्तर हुने बताएका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya