हेटौंडा, आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा हेटौंडामा जिल्ला स्तरीय कविता प्रतियोगिता हुने भएको छ। साहित्य सङ्गम मकवानपुरको आयोजनामा र जनप्रिय माध्यमिक विद्यालय, हेटौंडा–१६ को व्यवस्थापनमा असार २९ गते कविता प्रतियोगिता आयोजना गरिने सङ्गमका अध्यक्ष डीवि बर्तौलाले जानकारी दिए ।
माध्यमिक तह (कक्षा ९ र १०) का विद्यार्थीहरूबीच आयोजना गरिने प्रतियोगिता जनप्रिय माविको प्रांगणमा दिउँसो १ बजे सुरु हुनेछ।

प्राप्त कवितामध्ये उत्कृष्ट १० कवितालाई अन्तिम चरणको प्रस्तुतिका लागि छनोट गरिने अध्यक्ष बर्तौलाले जानकारी दिए । छनोटमा परेका कवि स्वयम् आफैं उपस्थित भई कविता वाचन गर्नु पर्ने छ । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः नगद २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।







