खेलकुद महोत्सवमा आज प्रमोद खरेल आउँंदै

हेटौंडाको टिसीएन चौरमा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा आज चर्चित गायक प्रमोद खरेल आउने भएका छन् ।

ADVERTISEMENT

महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रश्तुती भैरहेको छ । सोही क्रममा मकवानपुरे दर्शकलाई आफ्नो सांगीतिक प्रश्तुतीमार्फत मनोरञ्जन प्रदान गर्न खरेल आउन लागेका हुन् । युवा पुस्तामाझ लोकप्रिय गायक खरेलको दर्जनौं चर्चित गीतहरु रहेका छन् । सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपालको निर्णायक समेत रहेका खरेलले करिब एक दर्जन आफ्ना चर्चित गीत मकवानपुरे दर्शकमाझ पस्किने आयोजकले जानकारी दिएको छ ।

सोमबार खरेलसंगै गायिका सहिमा श्रेष्ठ, गायक असिमकुमार कटुवाल र जादुगर बलराम सरकारको प्रश्तुती पनि रहनेछ । मकवानपुरको खेल क्षेत्रको विकासका लागि जिल्ला खेलकुद विकास समितिले औधोगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा दैनिक विभिन्न बिधाको खेलहरु समेत सन्चालन भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya