महासंघ मकवानपुरलाई किताबघरको किताब उपहार

हेटौंडा, नेपाल पत्रकार महासंघ मकवानपुरको ६८ औं स्थापना दिवसको अवसरमा किताबघर हेटौंडाले किताब उपहार दिएको छ । पठन संस्कृतिको विकास गराउने उद्देश्यका साथ अघि बढेको किताबघरले पत्रकारहरुको पठन संस्कृतिको निरन्तरताको लागि बिहीबार पुस्तक उपहार प्रदान गरेको हो ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मा अवस्थित किताबघरमा पुगी महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी र कोषाध्यक्ष केशव समर्पणले किताबघरको तर्फबाट प्राप्त किताब ग्रहण गरेका हुन् । किताबघरका सञ्चालक छवि अनित्यले शरच्चन्द्र वस्तीको ‘हाम्रो भाषा’ र डा। तीर्थबहादुर श्रेष्ठको ‘नेपालः नखुलेका पाटाहरू’ उपहार प्रदान गरेका थिए ।

पत्रकारहरुले लेखनका साथै अध्ययनलाई अघि बढाउनु महत्वपूर्ण हुने भन्दै सञ्चारकर्मीसमेत रहेका अनित्यले महासंघ मकवानपुको पुस्तकालयमा राख्नेगरी महासंघको स्थापना दिवसको अवसरमा किताब उपहार दिएका हुन् । किताबघरले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले व्यावसायिक तथा सेवामुलक कार्य गर्दै आइरहेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya