पतिद्वारा बिरामी श्रीमतीको घाँटी थिचेर हत्या

हेटौंडा, मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुराली घरमा एक व्यक्तिले बिरामी अवस्थामा रहेकी आफ्नी श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्।

ADVERTISEMENT

शनिबार बिहान ४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया पत्नी दुर्गालक्ष्मी शिवभक्तीको हत्या गरेका हुन्। घटना हुँदा घरमा कोही नभएको प्रहरीले जनाएको छ।

हत्या गरेपछि मानबहादुर स्वयं जिल्ला प्रहरी कार्यालय हेटौंडामा उपस्थित भई पत्नीको हत्या गरेको स्वीकृति दिएका थिए। प्रहरी टोली घटनास्थल पुगेर उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मानबहादुरको स्थायी बसोबास भीमफेदी गाउँपालिका–१ मा रहेको छ। उनी बेलाबेलामा ससुराली आउजाउ गर्ने गरेका थिए। दुर्गालक्ष्मी विगत दुई वर्षदेखि पक्षघात (प्यारालाइसिस) का कारण हिँडडुल गर्न नसक्ने अवस्थामा छोराद्वयसहित माइतीघरमै बस्दै आएकी थिइन्।

हत्या हुनुअघि बिहीबार मात्रै मानबहादुर ससुराली पुगेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *