हेटौंडामा वृक्षारोपण कार्यक्रम सम्पन्न

हेटौंडा, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनको उद्देश्यले हेटौंडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। श्री क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गठन नेपाल (आस्लुन) अन्तर्गतको आस्लुन बागमती समूहको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा पर्यावरणप्रेमीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

ADVERTISEMENT

कार्यक्रम हेटौंडास्थित श्री वनस्खण्डी देवी मन्दिर क्षेत्रको परिसरमा सम्पन्न भएको हो, जहाँ अम्बा, लिची, कागती लगायतका विभिन्न जातका फलफूल तथा वनस्पतिको विरुवा रोपिएको थियो।

वृक्षारोपणमा आस्लुन बागमती समूहका सदस्यहरू, श्री वनस्खण्डी मन्दिर पर्यटन विकास समितिका प्रतिनिधिहरू, स्थानीय बासिन्दा तथा वातावरणप्रेमीहरू सहभागी थिए। सहभागीहरूले यस्तो अभियानले वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने र भावी पुस्ताका लागि हरियाली संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमलाई सफल बनाउन आवश्यक बोटबिरुवा सहयोग उपलब्ध गराएको डिभिजन वन कार्यालय, मकवानपुरप्रति आयोजक संस्थाले हार्दिक आभार व्यक्त गरेको छ।

वातावरणप्रति सचेत रहन र संरक्षणमा योगदान पुर्‍याउन यस्ता अभियान आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *