उपमहानगरका तथ्याङक संकलकलाई अनुशिक्षण

हेटौंडा–बालमैत्री पालिका घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकाले नगरका बिभिन्न वडाहरुका तथ्याङक संककका लागि अनुशिक्षण थालेको छ ।

ADVERTISEMENT

२०८० सम्म बालमैत्री घोषणाको तयारीमा रहेको उपमहानगरले नियुक्त गरेको १९ वडाका ३० जना तथ्याङक संकलकहरुलाई अनुशिक्षण गरेको हो । अनुशिक्षणका क्रममा संकलकहरुलाई नगरका बिभिन्न वडामा रहेका घरहरुमा रहेको बालवालिका सहितको तथ्याङक संकलनका तरिकाहरु सिकाइने उपमहानगरका महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बताइन् ।

उपमहानगरले तिन महिना अवधिका लागि नियुक्त गरेको तथ्याङक संकलक टोलीलाई अनुशिक्षणसँगै वडाहरुमा खटाइएको छ । अनुशिक्षणमा हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले नगरले लिएको लक्ष्यलाई पुरा गर्ने जिम्मेवारी पाएकोमा बधाई दिर्दै द्रिढताका साथ काम गर्न निर्देशन दिइन् । उनले अनुशासित र मर्यादित भएर काममा लाग्दै नगरको बिकासमा सहयोग पु¥याउने जोड दिइन् ।

ADVERTISEMENT

तथ्याङ संकलकमा जागिर खुवाउन सहयोग गर्ने भन्दै मानिस आउँछन् त्यसो होइन आफ्नो क्षमताका आधारमा उपमहानगरले काममा राखेको बुझ्न आग्रह गर्दै परनिर्भर होइन आत्मनिर्भर भएर कामा लाग्नु पर्ने उनको भनाई थियो । उनले काममा योग्य भएर आएका सबैलाई क्षमताका देखाएर काम गर्न जोड दिइन् । अनुशिक्षणमा तथ्याङक संकलनको लागि आवश्य सफ्वयर निर्माणमा सहयोग गरेको यस्थर बेञ्जामिनका सानु घलानले सहजिकरण गरेका थिए । कार्यक्रम हेटौंडा उपमहानगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख बिष्णुकुमारी लामिछानेको अध्यक्षतामा भएको थियो ।

त्यस्तै नगरप्रमुख लामाले उपमहानगरपालिकाले १९ वटा वडाका लागि नियुक्त गरेको वडा सहजकर्तासँग भेटघाट गर्दै नगरको उद्देश्य र लक्ष्यलाई सम्झेर काममा लाग्न निर्देशन दिइन् । उपमहानगरले बालमैत्री नगर घोषणाका लागि १ नगर सहजकर्ता, १९ वडा सहजकर्ता र ३० जना तथ्याङक संकलक गरी ५० जनालाई नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya