चौघडा सहकारीको साधारणसभा

हेटौंडा, हेटौडा–६, चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिृक साधारणसभा शनिवार सम्पन्न् भएको छ । साधारणसभाको पञ्चकन्याहरुद्वारा पानसमा बत्ती बालेर उदघाट्न गरिएको थियो ।

ADVERTISEMENT

साधारणसभामा संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठले प्रगति प्रतिवेदन,सचिव अर्जुनप्रसाद हुमागाईले प्रगति प्रतिवदन, कोषाध्यक्ष सुभद्रा कोईरालाले आर्थिक प्रतिवेदन र लेखा संयोजक सुवोध कुमार भट्टराईले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा असल बचतकर्ता सुशिला धिताल, कल्पना लामा, गोविन्द प्रसाद ढकाल, असली कारोवारी यम बहादुर कार्की, सुमित्रा लो, निर्मला राना अधिक कारोवार गर्ने कृष्ण गोपाल महर्जन र उत्कृष्ट कर्मचारीमा सन्ध्या राजभण्डारीलाई पुरस्कृत गरिएको थियो ।

साधारण सभामा शेयर सदस्य, सञ्चालक समिति, लेखा समिति,ऋण उपसमिति, सल्लाहकार, कर्मचारी लगायतको सहभागिता थियो । शेयर पूजी २ करोड ८१ लाख निक्षेप २६ करोड ७० लाख र ऋण लगानी २६ करोड ५७ लाख रहेको ब्यवसथापक राजेन्द्र धितालले बताए । संस्थामा २ हजार ५ सय ७५ जना शेयर सदस्यहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya