हेटौँडामा खैरोहेरोइनसहित दुई जना पक्राउ

हेटौंडा, हेटौंडा उपमहानगरपालिका–५ पिप्लेचोकस्थित कान्तिराज लोकपथ सडकखण्डबाट प्रहरीले खैरोहेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

ADVERTISEMENT

वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ६ बजे सवारी चेकजाँचको क्रममा ना. ३५ प ६७१२ नम्बरको स्कुटर रोकी जाँच गर्दा ५२० मिलिग्राम खैरोहेरोइन बरामद गरेको हो।

पक्राउ पर्नेमा हेटौंडा–५ का २१ वर्षीय विशेष शाक्य र हेटौंडा–६ का ३८ वर्षीय सुवास चौलागाईं रहेका छन्। दुवैलाई नियमानुसार खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ADVERTISEMENT

लागुऔषधसहित नियन्त्रणमा लिइएका शाक्य र चौलागाईंविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *