नारायण गोपालको सम्झनामा ‘भ्वाइस अफ ज्ञानोदय’

हेटौंडा, हेटौंडा ५ मा रहेको ज्ञानोदय बालवाटिका आवसीय माध्यमिक विद्यालयले स्वर सम्राट नारायण गोपाल गोपालको सम्झनामा ‘भ्वाइस अफ ज्ञानोदय’ कार्यक्रम सञ्चालन गरेको छ ।

विद्यालय प्रशासक आल्देन लिङ्देनले नारायण गोपालले गाउनुभएको ‘म मरे पनि मलाई मेरो देशको माया छ’ बोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । दुई ओटा सामूहिक गायन प्रस्तुत भएको सो कार्यक्रममा ऋषभ बानियाँ, आयुष्मा उप्रेती, कृतिशा काफ्ले, बेनु शर्मा पराजुली, विपना मोक्तान, महेन्द्र ओझा लगायतकाले एकल प्रस्तुति दिएका थिए । जसमा आयुष्मा उप्रेती प्रथम, अंशु लामा द्वितीय र कृतिशा काफ्ले तृतीय हुन सफल भए । प्रतियोगितामा मनोहर योन्जन र आल्देन लिङ्देनले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक श्यामकुमार बानियाँले स्वर सम्राट् नारायण गोपालका विविध आयामका बारेमा चर्चा गरेका थिए । नारायण गोपालको सम्झनामा विद्यालयले हरेक वर्ष ‘भ्वाइस अफ ज्ञानोदय’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतिभालाई २०८० फागुन ४ गते भीम विराग स्मृति एकल गायन प्रतियोगिताका दिन पुरस्कृत गरिने प्रधानाध्यापक बानियाँले जानकारी दिए । नेपाली गायन र सङ्गीतका शिखर प्रतिभा नारायण गोपाल वि.स. १९९३ असोज २७ गते किलागल काठमाडौँमा जन्मेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *