खोला तर्ने क्रममा बालिकाको ज्यान गयो

हेटौंडा, हेटौंडामा खहरे खोलामा आएको भेलले बगाउदा १० वर्षीया बालिकाको ज्यान गएको छ।बुधबार दिउँसो हेटौंडा १८ बरौली खोलामा आएको भेलले बगाउदा स्थानीय धन बहादुर बलकी १० बर्षीया छोरी रसमति बलको ज्यान गएको हो।

ADVERTISEMENT

खोला तर्ने क्रममा आएको भेलले बगाउदा उनको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । प्रहरीले शवको मुचुल्का तयार पारी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *