प्रदेश प्रमुख देवकोटाद्वारा चार विधेयक प्रमाणीकरण

हेटौंडा, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार चारवटा विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेशसभाबाट पारित भइसकेका ती विधेयकहरूलाई संविधानअनुसार प्रमाणीकरण गरिएको हो।

ADVERTISEMENT

प्रमाणीकरण गरिएका विधेयकहरूमा प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयक, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को संशोधन विधेयक, र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन्।

प्रदेश प्रमुख देवकोटाले व्यावसायिक क्षेत्रसँग सम्बन्धित दुई विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन्। त्यस्तै, प्रदेश कृषि विकास सम्बन्धी विधेयक भने संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रमाणीकरण गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *