नेपाल राष्ट्रिय शिक्षक संगठनको चौथो गाउँ परिषद् सम्पन्न

हेटौंडा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती गाउँपालिकाको चौथो पालिका परिषद् तथा सम्मान कार्यक्रम शनिबार भएको छ । बागमती गाउँपालिका अध्यक्ष देवराज राना मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति मकवानपुरका सहसचिव चन्द्रादेवी लामा बलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ३७ जना नवप्रवेशी तथा सेवा निवृत शिक्षकहरुलाई सम्मान गरिएको थियो।

ADVERTISEMENT

कार्यक्रममा बागमती पालिका अध्यक्ष देवराज राना मगरले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षकहित साकोसका कोषाध्यक्ष रामजी हुमागाईले सहकारीको सदस्य बन्न र पेशागत रुपमा सबल हुन समेत सहकारीमा आबद्ध हुन आग्रह गरेका थिए। जिल्ला सदस्य तथा बागमती गापा इन्चार्ज विश्राम सिजाली मगरले पालिकाका शिक्षकहरुको अवस्था र समस्या तथा जटिलताका बारेमा जानकारी गराएका थिए ।

जिल्ला सह कोषाध्यक्ष भावना सापकोटाले सङ्गठनको सदस्यता नवीकरण छिटोछरितो रुपमा गरी सक्नु पर्ने तथा शिक्षक महासंघ गठन निर्माणतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताएकी थिइन् । बागमती गाउँपालिका ८ नम्बर वडा अध्यक्ष इन्द्रमडि तिमल्सिनाले शिक्षकहरु समग्र शैक्षिक आन्दोलनको अभियन्ता भएकाले सचेत र सजग हुँदै पाइला चाल्न आग्रह गरेका थिए । अतिथिहरुमा जिल्ला सह कोषाध्यक्ष भावना सापकोटा, बागमती गाउँपालिका ८ नम्बर वडा अध्यक्ष इन्द्रमडि तिमल्सिना ,जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख डीबी बर्तौला, जिल्ला सदस्य बागमती गापा इन्चार्ज विश्राम सिजाली मगर, जिल्ला सदस्य दिपेश आले, सङ्गठनका केन्द्रिय प्रतिनिधि रामबहादुर थोकरलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya