शान्तिपुरमा अटो दुर्घटना हुँदा ५ घाइते

हेटौंडा, धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ शान्तिपुरमा अटो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । फापरबारीबाट पाथिभारातर्फ बाँस बोकेर जाँदै गरेका पैदलयात्रीको गल्तीका कारण अटो दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।

बाँस बोकेर हिँड्दै गरेका ६२ वर्षीय गोविन्द राईले पछाडी हेर्ने क्रममा ना.२ ह १०६८ नम्बरको अटोको लुकिङ ग्लाँसमा लागेर दुर्घटना भएको हो । दुर्घटनामा गोविन्द राईसहित अटो चालक बागमती गाउँपालिका–८ ठोटरी खोला बस्ने ३१ वर्षीय महेन्द्र लामा, अटोमा रहेका सिन्धुली गुर्जीघन्टे पितलमाडी गाउँपालिका–३ बस्ने ३० वर्षीया राधिका गोले, ६८ वर्षीया जुगुमाया गोले र बागमती गाउँपालिका–४ करौजे ठुलो गुर्दुङका ६५ वर्षीय बुद्धिमान दोङ घाइते भएका छन् ।

घाइते पाँचैजनाको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घाईतेहरुको स्थानीय क्लिनिकमा उपचार भैरहेको डीएसपी कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button